भक्तपुर भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटिमा खटिएका प्रहरीको निधन भएको छ । उनी प्रहरीका सई हुन् ।
सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्ती मगरको मृत्यु भएको हो । दाङको रामपुर स्थायी घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।
अनियन्त्रित भई ति सवारी ठोक्किँदा गम्भिर घाईते भएका सई घर्ती मगरको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे मृत्यु भएको हो ।
प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रकाशित समाचार :
असुरक्षित सडक : पैदल यात्रु यसरी मारिन्छन्, बढ्दैछ ‘हिट एण्ड रन’ का घटना
हुनेवाला बेहुलीलाई ४ दिनअघि टिप्परले किचेपछि ‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया