एक जनामात्र कोरोना संक्रमित भएर निको भएको देश

काठमाडौं । कोरोना महामारीले अहिले सारा विश्वने आतङ्कित छ । विश्वभर विभिन्न देशहरुमा हजारौको संख्यामा मानिसलाइ कोरोना संक्रमण देखिएको छ । तर एउटा यस्तो देश छ जहाँ १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् । उनी पनि कोरोना मुक्त भई उपचार पछि घर फर्कसकेका वल्डोमिटरले जनाएको छ ।

सेन्ट पियरे मिकेलनको जनसंख्या ५ हजार ५ सय ८८ रहेको छ ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ५५ लाख ५२ हजार ७ सय १६ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ४८ हजार ९५ जनाको मृत्यु भएको छ भने हालसम्म २३ लाख २९ हजार ९ सय बढी मानिस निको भएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ३ सय ६१ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९३ हजार ७ सय ९७ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ५६ हजार ३ सय ९७ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ४८ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार १ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

यो पनि पढ्नुहोस् : यी १० देश जहाँ १० जना पनि कोरोना संक्रमित छैनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?