यी १० देश जहाँ १० जना पनि कोरोना संक्रमित छैनन्

काठमाडौं । अहिले विश्व कोरोना भाइरसबाट त्रस्त छ । तर विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन । अझ उत्तर कोरियामा त अहिलेसम्म कोरोना भेटिएको खरब छैन । यो रहस्यमय देशको सूचना बाहिर आउन सकस हुने भएर पनि जानकारी नबाहिरिएको हुनसक्छ । तर केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।

त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै पपुवान्युगिनीमा पनि ८ जनामै कोरोना पुष्टि भएको छ । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ८, क्यारिबियन नेदरल्याण्डस्मा ६ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा ६, अंगुलामा ३, लेत्सोमा २ जना र सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ५५ लाख ५२ हजार ७ सय १६ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ४८ हजार ९५ जनाको मृत्यु भएको छ भने हालसम्म २३ लाख २९ हजार ९ सय बढी मानिस निको भएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ३ सय ६१ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९३ हजार ७ सय ९७ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ५६ हजार ३ सय ९७ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ४८ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार १ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?