जलाइसकेको व्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ आएपछि खैलाबैला, अस्पताललाई कारवाही गर्न माग

काठमाडौं । कोरोना परीक्षणको अन्तिम नतिजा नआउँदै परिवारलाई शव बुझाएको भन्दै नेशनल मेकिडल कलेजलाई कारवाही गर्न माग गरिएको छ । पर्सा जिल्ला प्रमुख जिल्ला अधिकारी(सीडीओ) विष्णु कुमार कार्कीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त माग गरेको हो ।

बारा घर भएको ती वृद्ध गत जेठ २ गते स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ २ गते अस्पताल भर्ना भएका थिए । त्यसको दुइदिन पछि अर्थात जेठ ४ गते उनको निधन भएको थियो । परीक्षणका क्रममा उनको शंकास्पद रिपोर्ट आएको थियो । उनको स्वाब संकलन गरि परीक्षणको लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको तर उनको पीसीआर परीक्षणको अन्तिम रिपोर्ट नआउँदै अस्पतालले शव आफन्त तथा परिवारलाई जिम्मा लगाएको थिए ।

निधन भएको भोलिपल्ट उनको सदगद समेत गरिसकिएको छ । तर पछि उनको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएसँगै अस्पतालले लापरवाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उक्त गृह मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग उक्त माग गरेको हो ।

त्यस्तै उक्त बैठकले मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिहरु सबैको कन्ट्याक ट्रेसिङ गर्ने निर्णय गरेको छ । र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत सबैलाई क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गर्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

साथै कोरोना संक्रमण थप जोखिम नहोस भन्नका लागि उनलाई उपचार गरिएको कक्ष सील गर्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

यो समाचार पढ्नुभएको थियो ?

मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट हालसम्म ४ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?