बुढानिलकण्ठका संक्रमितले बिरामी बोक्न आफ्नै गाडी प्रयोग गरेका थिए, ‘कन्ट्याक ट्रेसिङ’ थालियो

काठमाडौं – सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका एक जना ३५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

सुरुमा आरडिटी परीक्षणका क्रममा उनमा कोरोना ‘नेगेटिभ’ देखिएको थियो । ति संक्रमितसँगै ९० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा ४४ जनाको रिपोर्ट आउँदा एक जनाको पोजेटिभ देखिएको हो।

नगरपालिका स्रोतका अनुसार बुढानिलकण्ठमा केही व्यक्तिले आफ्नो नीजि सवारीलाई एम्बुलेन्सका रुमपा प्रयोग गर्न दिएका थिए । तिनै मध्येका एकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्नो निजी गाडीमा अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई अस्पताल पुर्‍याउने उनलाई कोरोना पुष्टि भएपछि अहिले काठमाडौंको टेकुस्थित अस्पताल लगिएको छ । उनको अवस्था सामानय छ भने चिकित्सकको निगरानीमा छन्, उनी ।

संक्रमितसँग सम्पर्कमा आएकाहरूको विवरण लिने र कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ ।

काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि

बुढानिलकण्ठ नगरपालिका ३ का २७ वर्षिय ति युवासँगै काठमाडौंमा अरु २ जना संक्रमित आजै थपिएका छन् । हिजो एक जनामा संक्रमण फैलिएको थियो ।

काठमाडौं टोखा नगरपालिका नगरपालिका वडा नं ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितपुरमा बस्नेतले पुष्टि गरे ।

‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा शव संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले लोकपथसँग भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ ।’

कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको जिज्ञासामा उनले नारायणी र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए । ‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’,

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ ।

यसबारेमा भने मन्त्रालयले केही जानकारी दिएको छैन । उनको अन्त्येष्टि समेत भइसकेको छ ।

नेपालमा एकैपटक थपिए ७२ कोरोना संक्रमित, कुल संख्या ६७५ पुग्यो 

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज भेटिएका संक्रमितहरु धनुषा नगराइन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तु शिवराज नगरापालिका ४,५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौं टोखा नगरपालिका ३ र ६, त्यस्तै बुढानिलकण्ठ नगरपालिका ३ का वर्ष २७, ४१ र ३७ वर्षका पुरुष, त्यस्तै बारा कलैया नगरपालिका कोटवाली १ का वर्ष २५ र ३२ का पुरुष, त्यस्तै रौतहट राजपुर फरहदवा २, ६, ८ र ईशनाथ २ का वर्ष १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुष रहेका छन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो । त्यस्तै बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीको डंकेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा बाँकेको दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का वार्ष १६, २३, २३ र २४ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौँडामा गरिएको स्वाब परीक्षण्मा बारा गडिमाई नगरपालिकाका वर्ष १८,१८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका १५, १८, २७, २९ वर्षका पुरुष तथा २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा गुराँस गाउँपालिकाका २४ र २५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

No photo description available.

रौतहटमा एकैदिन देखियो २६ जनामा कोरोना

सोमबार रौतहटमा एकैदिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिनेमा रौतहट राजपुर फरहदवा २, ६ ८ र इशनाथ २ का १८, १९,२२, २७, ३०, ३१, ३३,३५,३५,३५, ३६,३६,३६,३८,४०,४०,४०, ४२,४३,४८,४८,४८,४९,५०,५१ र ५३ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यससँगै नेपालमा आज मात्रै ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा आज थपिएका २६ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

 

यो पनि पढ्नुहोस् : 

‘आज पिसीआर नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ’

बढेको बढ्यै संक्रमित : काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे
नेपालमा एकैपटक थपिए ७२ कोरोना संक्रमित, कुल संख्या ६७५ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?