यस्तो ठाँउ जहाँ उल्टो दिशामा चल्छन् गाडी र घडि !

काठमाडौं । विश्वमा घडि सबैका लागि महत्वपूर्ण छ । किनभने घडि बिना समय कति भयो भन्ने कुरा थाहा नै हुँदैन । यदि घडि भएन भने संसारमा भएको सन्तुलन बिग्रिन सक्छ ।

तपाईहरुले घडि सुल्टो चलेको मात्र देख्नु भएको होला तर उल्टो चल्ने घडिको बारेमा कसैलाई थाहा नहुन सक्छ । भारतको छत्तिस गढमा कोरबा नाम गरेको ठाउँ छ ।

त्यहाँ जति पनि घडि छन्, ति सबै उल्टो दिशामा चल्छन् । कोरबामा एउटा आदिवासी शक्तिसँग सम्बन्धित एक ठाउँ छ । त्यहाँ गोन्ड जातका आदिवासीहरु बसोबास गर्छन् ।

ति आदिवासीहरुको घरमा जति पनि घडि छन्, ति सबै घडि उल्टो चल्छन् । ति सबै घडिहरु ‘एन्टी क्लक वाइज’ चल्ने गर्छन् । हामीलाई यो सुन्दा अचम्म लाग्छ तर त्यहाँका बासिन्दाका लागि यो आम कुरा हो ।

त्यहाँका घडिहरु बायाँ तर्फबाट दायाँ तर्फ घुम्छन् । तर आम घडिहरु भने दायाँ तर्फबाट बायाँ तर्फ घुम्ने गर्छन् । सूर्य तथा चन्द्रमा पनि बायाँ तर्फबाट दायाँ तिर घुम्ने हुनाले घडि पनि सोही दिशामा घुम्नुपर्ने उनीहरुको भनाई छ ।

त्यहाँका मानिसहरु प्रकृतिलाई आफ्नो देवता मान्छन् । त्यसैले उनीहरुले गाडी चलाउँदा पनि उल्टो दिशामा नै चलाउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?