चीनविरुद्ध हङ्कङको विरोध प्रदर्शन

काठमाडौं । हङ्कङका नागरिकहरुले राष्ट्रिय सुरक्षा कानूनविरुद्ध प्रदर्शन शुरु गरेका छन् ।

हङ्कङका पुलिसले चीनको प्रस्तावित राष्ट्रिय सुरक्षा कानूनविरुद्ध सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई आईतवार अश्रुग्यास छोडेर स्थिती नियन्त्रणमा लिएको हो ।

हङ्कङमा लोकतन्त्र समर्थकहरुले चीनको प्रस्तावित राष्ट्रिय सुरक्षा कानूनको कडा विरोध गरेका हुन् ।

चीनको राष्ट्रिय संसदले शुक्रवार यो कानून पारित गरेको थियो । तर त्यसको विरुद्धमा हङ्कङमा आईतवार कालो कपडा लगाएर विरोध प्रदर्शन भएको हो ।

उनीहरुले हङ्कङलाई चीनबाट मुक्ति दिलाउन माग राखेका छन् । उनीहरुले ‘हङ्कङ सबै एकजुट’, ‘हङ्कङलाई मुक्ति दे’ र ‘हाम्रो क्रान्ती जारी छ’ जस्ता नारा लगाएका थिए ।

एजेन्सीको सहयोगमा

‘लेजर’ हतियारको परीक्षण गर्दै चीनलाई अमेरिकाले दियो जवाफ

चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण सफल

वुहानमा भेटियो चमेरोमा तीन प्रकारको कोरोना भाइरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?