‘लेजर’ हतियारको परीक्षण गर्दै चीनलाई अमेरिकाले दियो जवाफ

काठमाडौं । अमेरिका र चीनबीच आरोप प्रत्यारोपको विषय झनै बढ्दै गएको छ । यसको असर केहि क्षेत्रहरुमा स्पष्ट देखिएको छ ।

प्रशान्त महासागरमा आफ्नो शक्ति बुलन्द देखाउनको लागि दुबै देशहरु शक्ति प्रदर्शन गर्न थालेका छन् ।

अमेरिकाले प्रशान्त महासागरमा एक हतियारको सफल परीक्षण गरेको छ । आफ्नो टार्गेट हावामै मार्न सक्ने लेजर हतियार अमेरिकाले सफल परीक्षण गरेको हो । यो सम्बन्धि भिडियो अमेरिकाको प्यासिफिक फ्लीटको तर्फबाट शेयर भएको छ ।

यो हतियार अमेरिकाको नेभी वारशिपले तयार गरेको हो । यो एउटा यस्तो हतियार हो, जसले आफ्नो टार्गेटलाई हावामै मार्न सक्दछ ।

अझ विशेष कुरा यो एक हाई एनर्जी लेजर हतियार हो । लेजरको किरणले शत्रुले आँखा देख्न सक्दैन । यसले सिधा आँखामा असर गर्दछ ।

प्यासिफिक फ्लीटले गर्यो टेस्ट

यो टेस्ट अमेरिकी नेभीको प्यासिफिक फ्लीटले गरेको थियो । यो लेजर हतियारले हावामा ड्रोन एयरक्राप्टलाई पनि मार्न सक्छ ।

सेन्सरको माध्यमबाट यसको पहिचान गर्न सकिन्छ । यो भन्दा पहिला चीनले अमेरिकी क्राफ्टलाई निशाना बनाएको थियो । त्यो बेला विमानको सेन्सरले लेजरलाई डिटेक्ट गरेको थियो ।

फेब्रुअरीमा फिलिपीनको समुन्द्रमास्थित गुआममा ३८० मील पश्चिम तिर चीनको तर्फबाट अमेरिकी क्राफ्टलाई निशाना बनाएको थियो ।

त्यसपछि अमेरिकाको नेभीले लेजरको प्रयोगबाट क्रु र मरीन सैनिकलाई नोक्शान हुन सक्ने बताएको थियो ।

चीनको हमलाको जवाफ दिँदै अमेरिका

यो परीक्षण चीनको हमलाविरुद्धको जवाफ भएको बताइएको छ ।

यो वर्षको शुरुवातमा चीनको नेभी डिस्ट्रोयरले अमेरिकाको नीभ म्यारिटाइम पेट्रोल एयरक्राफ्टलाई लेजर बीमले निशाना साँधेको थियो ।

त्यसकैविरुद्धमा अमेरिकाले अहिले लेजर हतियारको सफल परीक्षण गरेर चीनलाई जवाफ फर्काएको छ ।

दुबै देशले एकअर्कालाई आरोप प्रत्योरोप लगाउँदै आएका छन् ।

एजेन्सीको सहयोगमा

चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण सफल

वुहानमा भेटियो चमेरोमा तीन प्रकारको कोरोना भाइरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?