गाजामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । इजरायल र फिलिस्तानको बीचमा गाजा पट्टीको विषयलाई लिएर ठूलो विवाद भईरहेको छ ।

यसैबीचमा अब त्यहाँ कोरोनाको प्रकोप फैलिन थालेको छ ।

धेरै जनसंख्या रहेको गाजापट्टीमा शनिवार कोरोना भाइरसको महामारीबाट पहिलोपटक संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ संक्रमणबाट एक महिलाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अधिकारीहरुले महामारीका कारण स्वास्थ्य क्षेत्र नराम्रो भएको उक्त क्षेत्रमा झनै अबका दिनमा स्वास्थ्य प्रणाली खराब हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रालयका अनुसार ७७ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । अहिलेसम्म त्यहाँ ५५ जना संक्रमित रहेका छन् ।

एजेन्सीको सहयोगमा

‘लेजर’ हतियारको परीक्षण गर्दै चीनलाई अमेरिकाले दियो जवाफ

चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण सफल

वुहानमा भेटियो चमेरोमा तीन प्रकारको कोरोना भाइरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?