अभिनेता किरण कुमार कोरोना संक्रमणको शिकार

काठमाडौं । बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणको शिकार भएका छन् ।

उनमा कुनै लक्षण नदेखिए पनि स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

७४ वर्षीय अभिनेता किरणले रिपोर्ट पोजेटिभ आएपछि आफूलाई घरमै क्वारेन्टाइन गरेका छन् । उनी १० दिन यता क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो भन्दा अगाडि बलिउड गायिका कनिका कपूर कोरोना संक्रमणको शिकार भएकी थिइन् ।

भारतमा महामारीका कारण अहिलेसम्म ३ हजार ८६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ९२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ जनाको आजै मृत्यु भईसकेको छ भने ४९७ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म ५४ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?