छोरो हराएको ३२ वर्षमा भेटिएपछि…

काठमाडौं । एक चिनियाँ दम्पतीले ३२ वर्ष अगाडी हराएका छोरा भेट्टाएका छन् ।

सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरा उनीहरुले ३२ वर्षपछि फेला पारेका हुन् ।

२ वर्षको उमेरमा अपहरणमा परेर बुवाआमासँग बिछोड भएका उनी यति लामो समय पछि आमाबुवा भेटिएकोमा खुशी भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गएको अप्रिलमा प्रहरीले सिचुआन प्रान्तमा एउटा बालक ३२ वर्ष अगाडि धर्मपुत्र बनाइएको सूचना पाएर खोजि गरेको थियो ।

डीएनए परीक्षण गर्दा उक्त व्यक्ति र ली जीन्झीसँग मेल खाएपछि उनकै छोरा भएको पुष्टि गर्दै उनलाई आमाबुवाको जिम्मा लगाईएको हो ।

प्रहरीका अनुसार उनलाई अपहरणकारीले एक बालबच्चाविहीन दम्पतीलाई छ हजार युआनमा बेचेका थिए ।

आमा ली जीन्झीले सहयोग गर्ने दशौँ हजार मानिसहरूलाई दिएकी छन् । सन् १९८८ अक्टोबर १७ मा बुवा माओ जेन्जीन्ङ्सँग बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुवाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए ।

परिवारले उनलाई शहरभरि खोजे पनि भेट्टाएको थिएन ।

३२ वर्षपछि हराएको छोरो भेट्दा दम्पती खुशी भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?