‘डस्टबिन’ नजिकै रहेको बोरामा भेटियो ११ करोड ८२ लाख रुपैयाँ !

काठमाडौं । अमेरिकामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ ।

अमेरिकामा बस्ने एक परिवारले सडकमा फालेको फोहोर नजिकै रहेको बोराबाट ११ करोड ८२ लाख रुपैयाँ फेला पारेका छन् ।

उनीहरुले यति धेरै पैसा भेट्टाएपछि पुलिसलाई जिम्मा लगाएका छन् ।अमेरिकाको भर्जिनियाका डेभिड र एमिली क्यारोलिन काउन्टी आफ्नो घरबाट घुम्नका लागि आफ्ना बच्चा सहित बाहिर कतै जाँदै थिए ।

सडकको छेउमा उनले कार रोके र त्यहाँ नजिकै रहेको बोरा चेक गरे । बोरामा उनले त्यति धेरै पैसा भेटेका थिए ।

उनले ति सबै पैसा पुलिसलाई जिम्मा लगाए । त्यसमा अमेरिकी सरकारको स्ट्याम्प लगाइएको थियो । बोरामा १ मिलियन डलर थियो ।

उनले आफ्नो इमान्दारिता देखाउँदै पुलिसलाई तत्काल फोन गरेर उक्त रकम जिम्मा लगाएका थिए ।

क्यारोलिनका शेरिफ मेजर स्कट मोजरले यसको बारेमा पुरा जानकारी पत्ता लगाउन खोजि कार्य जारी रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?