धेरै होमवर्क दिएको भन्दै विद्यार्थीले काटिदिए शिक्षकको घरको वाईफाई

एकै कक्षामा अध्ययनरत दुई बालकहरु मिलेर आफूलाई पढाउने शिक्षकको घरको वाईफाई नै काटिदिएका छन् ।

आफूलाई शिक्षकले धेरै होमवर्क दिएको भन्दै उनीहरुले शिक्षकको घर गई वाईफाई काटिदिएका हुन् ।

अल्बासेट, स्पेनका ति दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाउँदै वाईफाई काटिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तर, विद्यार्थीहरुको सबै दृश्य शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए ।

आफूले संयोगले हेर्दा विद्यार्थीले वाईफाई काटिरहेका थिए, मलाई उनीहरूले के गर्न लागेका हुन् भन्ने थाहा थिएन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिससँग भनेका थिए ।

उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट काटेको स्वीकार गरेका छन् ।

आमाबुवाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वाचा गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?