अचानक ‘एटीएम’बाट पैसा निस्किन थालेपछि, लकडाउनमै लाग्यो भीड

काठमाडौं । भारतको बिहारमा एक एटिएम बाहिर मानिसको लाइन नै लाग्यो । किनभने एटीएमबाट पैसा निकाल्ने क्रममा पैसा आई नै रह्यो ।

त्यति धेरै पैसा निस्किएपछि मानिसहरु ठूलो स्वरमा कराउन थाले । जसका कारण पुलिसले उक्त कुरा थाहा पाएपछि एटीएम बन्द गरिदियो ।

भारतको बिहारस्थित बैशालीको बिदुपुर चाकसिकन्दरमा यो घटनना भएको थियो । त्यहाँ एटीएमबाट अचानक अनवररुपमा पैसा निस्किएको निस्कियै भएको थियो ।

त्यहाँ पैसा निकाल्न जो पनि जान्थे सबैलाई आफूले निकालेको भन्दा दुई गुणा पैसा निस्किरहेको थियो ।

लकडाउनमा भीड हुन थालेपछि पुलिसले त्यहाँ गएर हेर्दा रहस्य पत्ता लगाएको थियो । त्यसपछि एटीएम बन्द गराएको थियो ।

पुलिस त्यहाँ पुग्दासम्म एटीएमबाट २ लाख भन्दा धेरै भारतीय रुपैयाँ निस्किसकेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?