लकडाउनमा जागिर गुमाएका युवक एकैदिनमा बने अर्बपति…

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि सारा विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् । त्यसैले कामकाजहरु ठप्प रहेका छन् ।

जसका कारण लाखौँ मानिसहरुले आफ्नो जागिर गुमाएका छन् । तर भनिन्छ, भाग्य कसको कुन बेला चम्किन्छ कसैलाई थाहा हुँदैन ।

एक तर्फ कोरोनाको संकट र अर्काे तर्फ एक युवा रातारात अर्बपति बनेका छन् । यो घटना न्युजिल्याण्डको हो ।

लकडाउनका कारण उनले आफ्नो जागिर गुमाएका थिए । तर उक्त युवकलाई चिट्ठा पर्यो, जसका कारण उनी रातारात अर्बपति बने ।

उनले चिट्ठाबाट १० मिलियन डलर (लगभर १ अर्ब १५ करोड) रुपैयाँ जिते । सञ्चारमाध्यमाका अनुसार ह्यामिल्टनले लकडाउनका कारण जागिर छोड्नुपर्याे ।

जसका कारण घरमा श्रीमती धेरै रिसाइन्, तर अचानक उनलाई अर्बाैंको चिट्ठा पर्याे ।

उनकी श्रीमती एक स्वास्थ्यकर्मी थिइन्, श्रीमानको जागिर नभएर चिन्तित बनेकी उनले अस्पतालबाट घर आउँदा उपहारका रुपमा त्यति धेरै रुपैयाँ पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?