भीख मागेर गरीबको पेट भर्दै ७२ वर्षीया वृद्धा

काठमाडौं । कोरोना भाइरसको प्रकोप झनै बढ्दै गईरहेको छ ।सरकार भाइरसको संक्रमण रोक्नका लागि पुरा देश लकडाउन गरेको छ । तर लकडाउनका कारण केहि मानिसहरुमा भोकमरीको भयंकर स्थिती सिर्जना भएको छ ।

यस तमाम कुराका बीच भारतको बिलासपुरमा एक ७२ वर्षीया वृद्धा कोरोनाको योद्धा बन्दै गरीबहरुको पेट भर्न लागि परेकी छन् ।

उनको नाम सुखमती रहेको छ । उनी आफ्ना दुई नातिनीसँग बस्छिन् । उनी बितेको एक दशक यता भीख मागेरै आफ्नो गुजारा चलाईरहेकी छन् भने नातिनीहरुलाई पनि त्यसैबाट पढाईरहेकी छन् ।

उनी भीख मागेर आफू मात्र पलिन्नन्, उनले अरु गरीबहरुको पेट भरेर पनि मन जितेकी छन् ।

कोरोना भाइरसको यो महामारीमा पनि गरीबहरुलाई १ क्विन्टल चामल, दर्जनौँ सारी तथा केहि पैसा दान गरेर सयौँको पेट भरिरहेकी छन् ।

उनले अन्तर्वाताका क्रममा म भीख मागेर गुजारा चलाउँछु त्यो पीडा यति बेला कस्तो हुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।

त्यसैले मैले अरुलाई दान गरेकी हूँ । अहिले उनको चौतर्फी तारिफ भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?