गिरफ्तार हुनबाट बच्न मेयरले कोरोनाबाट मरेको नाटक गरेपछि…

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट ग्रस्त छ । यसैबीच दक्षिण अमेरिकाको देश पेरुमा अनौठो घटना सार्वजनिक भएको छ ।

पेरुका एक मेयरले कोरोना भाइरसबाट मरेको नाटक गरेका छन् । शव राख्ने कफिनमा मेयर पुलिसले गिरफ्तार गर्न लाग्दा कोरोनाबाट मरेको नाटक गरेर सुतेपछि चारैतिर अहिले उक्त कुरा फिँजिएको छ ।

उनको नाम जेमिए रोलान्डो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनी लकडाउनको नियम उल्लंघन गरेर साथीहरुसँग मादक पदार्थ सेवन गरिरहेका थिए । जब पुलिसले उक्त कुरा थाहा पायो तब पुलिस उनीहरुलाई गिरफ्तार गर्न पुगेको थियो ।

यो घटना सोमवारको हो । पेरुको तन्ताराका मेयरलाई समात्न जाँदा उनले मास्क लगाएर  मरेको नाटक गरेर त्यहाँ सुतिरहेको पाइएको थियो ।

पुलिसहरुले उनको तस्वीर खिचेर उनी माथि अनुसन्धान गर्न शुरु गर्दा उनी नशामा नाटक गरेर सुतेको थाहा पाएपछि गिरफ्तार गरेका थिए ।

यो घटना सार्वजनिक भएपछि उनीसँग सबै गाएँले रुष्ट बनेका छन् । गाउँलेका अनुसार ६६ दिनको लकडाउनमा उनी ८ दिन मात्र शहरमा रहेको र शहरको सुरक्षाका लागि कुनै कदम नउठाएको गाउँलेले आरोप लगाएका छन् ।

पेरुमा यो समाचार तयार पार्दासम्म ३ हजार २४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ४ हजार २० जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?