९० वर्षकी वृद्धा ‘युट्युब’मा खेल्छिन् गेम, लेखियो ‘गिनिज बुक’मा नाम

काठमाडौं । भनिन्छ उमेर एउटा नम्बर मात्रै हो ।यदि तपाईलाई कुनै पनि कुरा हासिल गर्ने चाहना छ भने त्यो कुनै पनि उमेर हासिल गरेरै छोड्नुहुनेछ ।

यस्तै एउटा घटना जापानमा भएको छ । जापानमा ९० वर्षकी एक वृद्धाले एक युट्युब गेम खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन् ।

उनको नाम हमाको मोरी रहेको छ र उनी जापानकी हुन् । हालै मात्र उनलाई गिनिज वर्ल्ड रेकर्डस्द्वारा संसारकै सबैभन्दा पुरानो गेमिंग युट्युबरको उपाधि दिइएको छ ।

उनलाई मानिसहरु मायाँ गरेर गेमिंग ग्रान्डमदरको रुपमा बोलाउने गर्दछन् । इन्टरनेटमा उनको यहि नाम फेमस छ ।

उनले मिडियासँग कुरा गर्दै गेम खेल्न धेरै मन पर्ने बताएकी छन् । उनले ३९ वर्षको समय देखि गेम खेल्न शुरु गरेको बताइन् ।

उनले सन् २०१५ मा आफ्नै एक युट्युब च्यानल बनाएकी थिइन् । उनी आफ्नो च्यानलमा महिनामा ४ देखि ५ वटा भिडियो अपलोड गर्दछिन् ।

भिडियोमा उनी कल अफ ड्युटी, डुनलेस र एनआईईआर अटोमेटा सहित केहि अनलाईन गेम खेल्छिन् ।

उनी सबैभन्दा धेरै जीटीएभी खेल्न मन पराउँछिन् । उनी उक्त गेम केहि दिनसम्मै खेल्न सक्छिन् ।

साथै उनको च्यानलमा २ लाख ७० हजार सब्सक्राइबर्स रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?