आकाशबाट कोरोना भाइरस आकृतिका असिनाको वर्षा भएपछि (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सारा विश्व यस समय शारीरिक, मानसिक र आर्थिकरुपमा संकटको अवस्थामा छ । जहाँतहिँ कोरोनाको प्रकोप छ ।

त्यसले मानिसहरु महामारीबाट बच्न घरमै बसिरहेका छन् । कोरोना भाइरसको नाम लिने बित्तिकै मानिसहरु डराउन थालेका छन् ।

यसै बीच मेक्सिकोमा एक विचित्र घटना भएको छ । मेक्सिकोमा वर्षाको साथमा कोरोना भाइरसको आकारका असिनाको आकाशबाट वर्षा भएपछि सबै अचम्मित बनेका हुन् ।सोसल मिडियामा अहिले भिडियो तथा फोटो अत्याधिक भाइरल बनिरहेका छन् ।

मानिसहरु यसलाई भगवानको चेतावनीका रुपमा लिइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेक्सिकोको न्युवो लियोन राज्यको मोन्टमोरेलोसमा यस्तो घटना भएपछि सबै त्रसित बनेका छन् ।

स्थानीयहरु ईश्वरीय प्रकोप भन्दै सबै डराइरहेका छन् । धेरै समयसम्म कोरोना आकारका असिना परेपछि सबैको मनमा डर पैदा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण  आज मात्रै २ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४२४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ५६ हजार ५९४ जनालाई संक्रमण भएको छ भने ६ हजार ९० जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३८ हजार ८७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?