कुकुर पनि ‘क्वारेन्टाइन’मा

काठमाडौं । अहिलेसम्म कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको छैन । तर भारतको मध्यप्रदेशस्थित टिकमगढमा एक विचित्र घटना भएको छ ।

त्यहाँ मालिकका साथै कुकुरलाई पनि क्वारेन्टाइन गरिएको छ । १६ मेमा टिकमगढ शहरका दुई दिदी बहिनीमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनीहरु इन्दौरबाट त्यहाँ गएका थिए । उनीहरु दुइृ जनामा कोरोना पोजेटिभ पाइएपछि अन्य कर्मचारीका साथै कुकुरलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।

कुकुरलाई पहिलो क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइन सेन्टरका एक कर्मचारी लवली सिंहले बताएका छन् ।

क्वारेटाइनमा कुकुरलाई दूध, बिस्कुट दिएर क्वारेन्टाइनमा राखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?