सैलुन खोले लगत्तै लखपति बनिन् यी महिला !

काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशहरुले पू्रा देश लकडाउन गरेका छन् ।

केहि देशहरुले भने अर्थव्यवस्थालाई ध्यानमा राखेर लकडाउन केहि खुकुलो बनाएका छन् । केहि उद्योग र कारोवार खोल्न थालेका छन् ।

अमेरिकामा पनि यस्तै अवस्था रहेको छ । तर यी सबै बीच एक रोमाञ्चित बनाउने खबर आएको छ ।

अमेरिकाको कोलोराडो राज्यमा लकढाउन केहि खुकुलो बनाएपछि केहि पसलहरु खोलिएका छन् ।

त्यसैमध्ये एक हेयर स्टाइलिस्ट महिलाले पनि आफ्नो सैलुन खोलिन् । सैलुन खोलेको केहि घण्टामै उनी लखपति बन्न पुगिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसारहेयर स्टाइलिस्ट महिलाको नाम इलिसिया नोभोटनी रहेको छ ।

उनी आफ्नो सैलुन खोलेको केहि घण्टामै लाखौँ रुपैयाँ कमाउन सफल भएकी हुन् ।

त्यस बेला उनी आफै अचम्मित भएको सञ्चारमाध्यमसँग उनले बताएकी छन् । जब एक कस्टुमरले उनलाई कपाल काटेस्वरुप टिप्सको रुपमा २.५ हजार डलर (करिव २ लाख ८ हजार) रुपैयाँ दिएका थिए ।

नोभोटनीले भनिन्, उक्त टिप्स दिएका व्यक्ति दिनको दोश्रो प्रहरमा करिव १ बजेर १ मिनेटमा सैलुनमा कपाल कटाउन आएका थिए ।

उनी हेर्दा एकदम साधारण देखिन्थे । तर कपाल काटिसकेपछि उनले एक ठूलो रकम उनलाई दिए ।

त्यो बाहेक उक्त व्यक्तिले सैलुनमा काम गर्ने जनरल म्यानेजरलाई एक हजार डलर, रिसेप्शनिस्टलाई ५०० डलर र अन्य १८ हेयर स्टाइलिस्टलाई १८ सय डलर बाँडेर गए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?