धोका दिने प्रमीलाई प्रेमीकाको १ हजार किलो प्याज उपहार

काठमाडौं । एउटा भनाई छ,मायाँ र युद्धमा सबै जायज हुन्छ । भन्न त मायाँ संसारको सबै भन्दा राम्रो नाता मानिन्छ, तर नातामा जब छटपट आउँछ तब त्यसको भर्पाई गर्न गाह्रो पर्दछ ।
जब कसैको मन टुट्छ, तब उसको दिनाचर्या नै बदलिन थाल्छ ।

यस्तै एउटा घटना चीनमा अहिले भाइरल बनिरहेको छ । चीनमा बस्ने एक महिलाले आफ्ना धोकेबाज प्रेमीलाई बदला लिनको लागि अनौठो तरिका अपनाइन् । उनले प्रेमीको घरमा एक हजार किलो प्याज पठाइन् ।

जब प्रेमी घर पुगे तब पुरा घर सबै प्याजले भरिएको देखे ।

उनले प्याज सहित एक चिठी पनि पठाएकी थिइन् । उनले लेखेकी थिइन्, म पछिल्लो तीन महिना यता रोइरहेकी थिएँ अब तिमी रोउ ।

त्यस्तै महिलाका प्रेमीले आफ्नो एक्स गर्लफ्रेन्ड मानसिक सन्तुलन गुमाइसकेको प्रतिक्रिया दिएका छन् ।

त्यसैले आफू”ले ब्रेकअप गरेको पनि उनले बताएका छन् । एक रिपोर्टका अनुसार उनीहरु पछिल्लो एक वर्षयता डेट गरिरहेका थिए ।

प्याज पुर्याउन गएका डेलिभरी ब्वाई ४ घण्टासम्म त्यहि कुरेर बसे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?