चितुवाबाट मानिसलाई यसरी बचायो कुकुरले (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा यति बेला एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

तेलंगनाको राजधानी हैदराबादमा चितुवाले मानिसलाई आक्रमण गरेको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा अचानक निस्किएको चितुवाले मानिसलाई आक्रमण गर्दछ, त्यसैबीचमा धेरै कुकुरहरुको हुल आउँछ र चितुवा डराएर भाग्न खोज्छ ।

चितुवाले आक्रमण गरेपछि २ जना मानिस नजिकै रहेको ट्रकमा पस्छन् तर ट्रकमा पस्ने क्रममा चितुवाले एक जनाको खुट्टा तान्छ । तर नजिकै रहेका कुकुरहरुका कारण उक्त मानिसको ज्यान बच्छ ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?