लकडाउनमा एक व्यक्तिले चोरे साइकिल, तर सबैको आँखा रसायो !

काठमाडौं । भनिन्छ, आमाबुवा भन्दा ठूलो संसारमा कोहि पनि छैन । यस कुराको प्रमाण लकडाउनमा देख्न पाइएको छ ।

जहाँ एक पिताले आफ्ना छोरालाई एक शहरबाट अर्काे शहरमा लानको लागि साइकल चोर्नुपरेको छ ।

त्यति मात्रै होइन,उक्त व्यक्तिले एक चिठी लेखेर साइकलका मालिकसँग माफी मागेका छन् ।

उनले चिठीमा लेखेका छन्, ‘म एक मजदूर हूँ, र मजबुर छु, त्यसैले तपाईको साइकिल चोरेर लिएर गएको छु, मलाई माफ गर्नु ।’

यो चिठी भारतको बरेलीका मोहम्मद इकबलले लेखेका हुन् ।उनले साइकिल मालिक साशब सिंहलाई एक चिठी छोडेका पनि थिए ।

उक्त चिठी पढेर साहबको आँखा पनि रसाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?