बलिउडमा अर्को शोक : ‘कहानी घर घरकी’का आर्टिस्ट सचिन कुमारको निधन

काठमाडौं –भारतीय चर्चित टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का केन्द्रिय पात्र सचिन कुमारको निधन भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फस्र्टपोष्टले दिएका जानकारी अनुसार मे १५ तारिखमा उनको हृदयघातका कारण निधन भएको हो। फस्टपोस्टले लेखेको छ – उनी मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका थिए।

ईङ्लीस डट न्यूज ट्र्याक डटकममा प्रकाशित समाचारमा जनाएअनुसार उनी खानपिन गरेर सुत्न गएका थिए ।

भोलिपल्ट बिहान ढोका नअुलेपछि उनका आमा बुबा डराए र उनीहरूले बाहिरबाट ढोका खोल्दा उनी बितिरहेको देखे ।

एकता कपूरको टिभी सीरियल कहानी घर घर की का महत्वपूर्ण हिस्सा बनेका सचिन पेशाले फोटोग्राफर हुन्। उनी बलिउड स्टार अक्षय कुमारका भाइ समेत हुन्।

Kahaani Ghar Ghar Kii actor Sachin Kumar dies due to heart attack
ईन्डिया टिभी न्यूजले जनाएअनुसार सन् २००० देखि प्रसारण सुरु भएको ‘कहानी घर घरकी’ नेपाली दर्शकमाँझ पनि चर्चित थियो। जसमा सचिन कुमार निरन्तर ८ वर्ष देखिए।

सचिन बिनाफ्रे कोहली निर्देशित ‘लज्जा’मा पनि देखिएका थिए। वर्ष २०२० कलाकारहरूका लागि दुखदायी युग साबित भइरहेको छ।

अझै पनि इरफान खान र ॠषि कपूरको निधनबाट शोकमा डुबेको बलिउड ईन्ड्रष्टिले अर्का राम्रो आर्टिस्ट सचिन कुमार गुमाएको छ ।

ऋषि कपुरको अन्त्येष्टिमा आलियाले मोबाइल प्रयोग गर्नुको कारण यस्तो, थप मर्माहत बन्यो माहौल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?