कोरोनाबाट बच्न रेष्टुरेण्टको अनौठो तरिका

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश देशहरु यतिबेला लकडाउन भएका छन् ।

लकडाउनमा मानिसहरु सामाजिक दूरी कायम गरेर बसीरहेका छन् । सामाजिक दूरी कसरी कायम गर्ने भन्ने बारेमा विभिन्न देशहरुले आ-आफ्ना तरिका अपनाईरहेका छन् ।

यसैबीच जर्मनीको एक रेष्टुरेण्ट क्याफे एण्ड कोन्डिटोरी रोथले पनि अनौठो तरिका अपनाएको छ ।

त्यहाँबाट शेयर भएका केहि तस्वीरहरु अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेका छन् ।

तस्वीरमा मानिसहरु सोसल डिस्टेन्सिङको पालना गर्दै ह्याट लगाएका छन् । र ह्याटमा स्विमिङ पूल नुडल्स लगाइएको छ ।

त्यसको सहयोगबाट मानिसहरु एक अर्का भन्दा टाढा बसेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?