परीक्षामा सोधियो अनौठो प्रश्न : आगो लागेमा कसलाई पहिला बचाउँछौ ? आमा वा गर्लफ्रेन्ड !

काठमाडौं । सामाजिक सञ्जाल एउटा यस्तो प्लेटफर्म हो, यहाँ हरेकदिनजसो नयाँ, अनौठा तथा अपत्यारीला र रोचक विषय आईरहन्छन् । केहि विषय आउँछन् जान्छन् तर केही विषय भाइरल बनेर निकै दिनसम्म माहौल तताईरहन्छन् ।

केहि दिन अघिमात्रै हामीले सडक छेउमा हिँडिरहेको जंगली जनावर भालुले सडक छेउमा ढलेको ट्राफिक बार उठाइदिएको प्रसंगले तहल्का मच्चाएको थियो भने अहिले अर्को एउटा प्रश्न उत्तर भाइरल भएको छ । घटना छिमेकी मुलुक चीनको हो ।

यो पनि पढ्नुहोस् : भालुले देखायो समझदारी, तारिफ गरेर कोहि थाकेनन् (भिडियोसहित)

चीनमा हजारौ वकिल र न्यायाधिशको लागि आयोजित परीक्षामा एक आश्चर्य लाग्दो प्रश्न सोधिएको थियो, वकालत गर्न सक्छ वा सक्दैन भनेर पत्ता लगाउनलाई यो प्रश्न सोधिएको हो । प्रश्नहरु कानुन, सडक, प्रदुषण, हत्या जस्ता गम्भीर प्रकृतिका विषयमा सोधिएको थियो ।

तर प्रश्नहरुको बीचमा भने आमा र गर्लफेन्ड, पति पत्नी र विषको सेवन जस्ता अप्ठेरा सवाल सोधिएको जनाइएको छ । चीनको कानुन अनुसार गर्लफ्रेन्ड भन्दा आमालाई बचाउनु पर्छ । यस्तो सवाल सोध्न नहुने धेरैले बताएका छन् ।

नेनीटाजलाई सोधेको उक्त सवालमा उनले आमाले आफुलाई जन्माएर हुर्काएको भन्दै आमालाई पहिला बचाउछु भने गर्लफेन्डको सवालमा उनी आफै जवान भएकोले आफै सुरक्षा गर्न सक्षम भएको जवाफ दिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?