पार्कमा लाग्यो भीषण आगो, न जल्यो घाँस न त बोटबिरुवा (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा केहि दिन यता एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो यति रमाइलो छ कि,हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । यो भिडियो एक पार्कको हो । जहाँ आगो लागे पनि त्यहाँ रहेको घाँसहरु केहि पनि जल्दैन ।

यो भिडियोमा तपाईले आगो बिस्तारै बिस्तारै लागेको देखिन्छ र पार्कमा बिस्तारै बिस्तारै फैलिन थाल्छ ।

पार्कमा रहेको रुख तथा घाँसहरु सेतो रङको रहेको देखिन्छ । तर आगो लागि सकेपछि केहि पनि हुँदैन झनै हरियो हुन्छ ।

यो भिडियो तपाई पहिलो पटक देख्नुभयो भने, तपाई पनि एकपटक सोच्न बाध्य हुनुहुनेछ । त्यति मात्र होइन, पार्कमा बस्नका लागि राखिएका बेन्चहरुमा पनि कुनै नोक्शान हुँदैन ।

एक रिपोर्टका अनुसार क्यानडाको चिनार नामको वृक्षको फलबाट त्यो सेतो पदार्थ जलाइन्छ । यो घटना स्पेनको रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?