‘बर्फ’ले सडक पुरै ढाकेपछि… (भिडियोसहित)

काठमाडौं । भारतको राजधानी दिल्लीमा गएको केहि दिनमा भीषण वर्षा भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दिल्ल्ीस्थित एनसीआरका केहि क्षेत्रमा मौसम बदलीसँगै भीषण असिना पानी परेको छ । बिहीवार पनि अचानक भएको मौसम बदलीसँगै भीषण पानी परेको थियो ।

जसका कारण पूरा सडक नै बर्फले ढाकेको बताइएको छ । यस भिडियो शेयर गर्दै मानिसहरुले विभिन्न प्रतिक्रिया पनि दिइरहेका छन् ।

https://twitter.com/i/status/1260915754825703424

भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अत्याधिक मन पराईरहेका छन् ।

दिल्लीका साथै भारतको नोएडा र गाजियाबादमा पनि बिहीवार भीषण असिना पानी परेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?