विश्वकै ठूलो कटहर, ‘गिनिज वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी

काठमाडौं । कटहर शब्जी तथा फल दुबैमा प्रयोग हुन्छ । आकारमा यो अन्य फल भन्दा ठूलो हुन्छ । भारतको केरलमा अहिले यो कटहरको चर्चा अत्याधिक छ ।

केरलमा ५१.४ किलोको कटहर फलेको हो । जसलाई विश्वकै ठूलो कटहर भनिरहिएको छ ।

यो कटहर फलाउने किसान यसलाई गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा लागेका छन् । किनभने यो भन्दा पहिला ४२.७ किलोको मात्र कटहर फलेको थियो । त्यसैलाई विश्वको सबैभन्दा ठूलो कटहर मानिएको थियो ।

यो कटहर कोल्कमको एडामुक्कल गाउँमा फलेको हो । यसका मालिक जोनकुट्टीले कटहरको तौल ५१.४ किलोग्राम रहेको बताएका छन् ।

साथै यसको लम्बाई ९७ सीएम रहेको छ । अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो कटहर ४२.७ किलोग्रामको थियो । जो पुणेमा फलेको थियो ।

त्यसैले अहिलेको कटहर फलाउने किसान गिनिज वर्ल्डमा आफ्नो नाम लेखाउने आवेदन दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?