सडकमा हिँड्दा-हिँड्दै महिलाले बच्चा जन्माएपछि (भिडियोसहित)

काठमाडौैं । चीनको झेजियांग प्रोभिन्समा एउटा हैरान बनाउने घटना भएको छ । त्यहाँ बीच सडकमा हिँडिरहेकी एक गर्भवती महिलाले बच्चा जन्माएकी छन् ।

त्यहाँको बाटोमा हिँडिरहेकी महिलाले बच्चा जन्माएपछि त्यहाँ रहेका मानिसहरु अचम्मा परेका भिडियोमा देख्न सकिन्छ ।

पछि त्यहाँ रहेका मानिसहरुले उनलाई अस्पतार लिएर गएका थिए । यो सबै घटना नजिकै रहेको सिसिटिभी क्यामेरामा कैद भएको थियो ।

क्यामेराबाट भिडियो निकालेर सामाजिक सञ्जालमा शेयर गरेपछि अहिले उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

डेली स्टारका अनुसार एक महिला गर्भवती थिइन् र कुनै कामले उनी बजार गईरहेकी थिइन् । उनीसँग साथमा एक वृद्ध व्यक्ति मात्र थिए । गर्भवती ति महिलाले सडकमा हिँड्दा हिँड्दै बच्चा जन्माएकी थिइन् ।

नवजात शिशु सडकमा खसे । त्यस परिस्थितिमा महिलालाई सहयोग गर्नका लागि त्यहाँ रहेका मानिसहरु लागि परेको भिडियो देख्न सकिन्छ । भिडियोमा महिला रोईरहेको देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार महिलाको नाम चेन रहेको छ । यो सबै घटना ४ मेको हो भने उनले सडकमा हिँडिरहेको बेला नै बच्चा छोरा जन्माएकी हुन् ।

उनले भनिन्, एक पटक त सडकमा खसेका कारण बच्चा बच्दैन जस्तो लागेको थियो, म पीडाले केहि गर्न सक्ने अवस्थामा थिइन ।

सडकमा उभिएको १० मिनेट पछि डेलिभरी भयो । डाक्टरका अनुसार आमा र बच्चा अहिले स्वस्थ रहेका छन् ।

यसबेला उनी र उनका बच्चाको भिडियो सामाजिक स१जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

https://www.youtube.com/watch?v=SgZvkRZUlQk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?