गंगामा भेटिएको डल्फिनलाई दुई युवक मिलेर तड्पाएपछि…

काठमाडौं । सोसल मिडियामा केहि दिनदेखि एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा दुई युवक डल्फिनलाई समातेर त्यसमाथि अत्याचार गरिरहेको दृश्य देख्न सकिन्छ ।

यो भिडियो भाइरल भए पछि वन विभागले उक्त दुई युवकहरुको हर्कतमाथि प्रश्न उठाउँदै उनीहरुको खोजी कार्यमा जुटेको छ ।

भिडियोमा युवाहरु डल्फिन समातेर त्यसको मुख च्याप्प समातिदिएका छन् । जसकारण डल्फिन श्वास फेर्न सकिरहेको छैन ।

साथै मुखबाट आवाज समेत निकाल्न सकेको छैन । उक्त घटना कोलकत्ताको बर्दवानको भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?