बलिउड अभिनेत्री श्रद्धा कपूरले नर्सहरुलाई धन्यवाद् दिँदै लेखिन् मन छुने स्टाटस

काठमाडौं – भारतीय चर्चित अभिनेत्री श्रद्धा कपूरले विश्व नर्स दिवसमा स्टाटसमार्फत् जनताको सेवामा अहोरात्र खटिने नर्सहरुलाई शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले हिन्दी र अंग्रेजी भाषामा लेखेकी छिन् :
प्रिय नर्सो आपका साहस, निस्वार्थ सेवा और दृढ़ निश्चय, प्रेरणादायक है। आपके योगदानो और बलिदान के जज्बे को, दिल से सलाम। इंटरनैशनल नर्स डे पर आप सभी का दिल से अभिनंदन।

Big RESPECT, for the sincerity towards your service.

Big SALUTE, for your selfless toil in these challenging times.
Big THANK YOU, for the sacrifices you make for our safety.

You are, our Angels in disguise.

Happy #InternationalNursesDay

उनको यो स्टाटसमा उनका फ्यान फलोअर्स र स्वयम् नर्सले धन्यवाद् र आभार व्यक्त गरेका छन् ।

विश्वभर कोरोना भाइरस ‘कोभिड – १९’ को प्रकोप बढेकाले यसपाली औपचारिक कार्यक्रमहरु भने भएका छैनन् । त्यसैले सबैजसो देशले सामाजिक सञ्जालमार्फत् शुभकामना र कृतज्ञता व्यक्त गरिरहेका छन् ।

….संझनामा छाईरहिन् नाईटेङ्गल 

सन् १८२० मे १२ का दिन ईटालीको फ्लोरेन्स शहरमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स पेशाको शुरुवात गर्ने महान् नर्स फ्लोरेन्स नाईटेङ्गलको जन्म दिनका अवसरमा आज विश्वभर बिरामीका लागि अहोरात्र खट्ने नर्सहरुप्रति सम्मान व्यक्त गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस मनाईन्छ ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटालीको फ्लोरेन्समा भएको थियो । उनी गणितमा प्रतिभाशाली थिइन् । उनको परिवार उनलाई नर्स बनाउन चाहँदैनथे ।Florence Nightingale | Biography & Facts | Britannica

तर उनले आफूलाई दिएको जिम्मेवारी यसरी पूरा गरिन् कि धेरै मानिसहरुले उनको कारण अकालमा ज्यान गुमाउनबाट जोगिन पाए।उनी राति अबेरसम्म भोक तिर्खा नभनी बिरामीको सेवामा खटिईरहन्थिन् । उनी अस्पतालमा रातीको समयमा पनि बत्ती समातेर बिरामीहरुको सेवा गर्थिन् । त्यसैले आजका दिनमा पनि उनी ‘द लेडी विथ द ल्याम्प’ को रुपमा प्रसिद्ध छिन् । आज पनि हातमा बत्ती लिएर उनको सम्मानमा नर्सिङको शपथ लिइन्छ ।

Florence Nightingale – Biography, Facts & Nursing - HISTORY

कोरोना भाइरस ‘कोभिड १९’ को महामारीका विरुद्ध आजपनि हजारौँ नर्सहरु आफू, आफ्नो परिवारलाई भूलेर बिरामीको स्याहार सुसारमा खटिएका छन् ।

बिरामीलाई निको बनाउन आफ्नो ज्यान जोखिममा राखेर सेवामा अहोरात्र खटिएका संसारभरीका सबै नर्सहरुप्रति नमन ।

यो पनि : 

ऋषि कपुरको अन्त्येष्टिमा आलियाले मोबाइल प्रयोग गर्नुको कारण यस्तो, थप मर्माहत बन्यो माहौल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?