काठमाडौं- रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्न बनाइएको अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको बिबिसीले जनाएको छ ।

रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।


मृतकहरुमध्ये सबै भेन्टिलेटरमा उपचाररत रहेका थिए । अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्नेबारेमा एकिन जानकारी नआईसकेको डिडब्लु डटकमले जनाएको छ ।
भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ । आगलागीको कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ ।
यस सहरमा संक्रमित बढेको बढ्यै छन् । तर संक्रमितलाई पुग्दो उपचार सामाग्रीको अभाव भएको अलजजिराले जनाएको छ ।
यसअघि गत शनिबार पनि मस्कोस्थित एक अस्पतालमा आगो लाग्दा एक बिरामीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया