‘सोसल डिस्टेन्सिङ’का लागि दूध व्यापारीले अपनाए अचम्मको तरिका

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अधिकांश देशहरु लकडाउन छन्।

कोरोना भाइरस फैलिनबाट रोक्नका लागि चिकित्सकहरुले सोसल डिस्टेन्सिङको पालना गर्नुपर्ने बताउँदै आएका छन् । यसैबीच भारतमा एउटा अनौठो घटना भएको छ ।

कोरोना भाइरसबाट बच्न सोसल डिस्टेन्सिङको दूरी पालना गनुपर्ने नियम बताएपछि एक दूध व्यापारीले आफ्नो बाइकमा एक लामो पाइप लगाएर ग्राहकहरुबाट टाढा रहँदै दूध बेचेको फोटो अत्याधिक भाइरल बनिरहेको हो ।

उनले सामाजिक दूरीको पालना गरेको उक्त उपाय र उनको तारिफ अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । उक्त व्यापारिको नाम सद्दाम खान रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?