हाँस्य कलाकार सुवास कार्की ‘वेलासे’ले जिते कोरोना, भन्छन् – शुभेच्छुकहरूलाई धन्यवाद

काठमाडौं – करिव २ हप्ता अघि कोरोना भाइरस ‘कोभिड – १९’ को परीक्षणमा पोजेटिभ देखिएपछि उपचाररत हाँस्यटेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की ‘विलासे’ले कोरोना जितेका छन् ।

उपचाररत अस्पतालले उनलाई डिस्चार्ज गरेको छ ।

बेलायतमा विश्व महामारी कोरोनाबाट सङ्क्रमण भएपछि उपचार गराई निको भएपछि कलाकार सुवास कार्कीले आफू कोरोना सङ्क्रमित भएपछि आफन्त तथा शुभेच्छुकहरूले देखाएको माया र सदाशयताप्रति धन्यवाद दिएका छन् । भद्रगोल टेलिसिरियल निर्माणताका निर्माता समेत रहेका कार्की स–परिवारसहित लन्डन बस्दै आएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी लन्डनस्थित निवासमै आराम गरिरहेका छन् । उनी पूर्ण रुपमा निको हुन अझै ६ हप्ता लाग्नेछ ।

कोरोना सङ्क्रमणपछिका दिन आफ्ना लागि असाध्यै कठिन रहेको बताउँदै उनले यस विपत्बाट सुरक्षित हुन लागेको जानकारी दिँदै आफूलाई माया गर्ने सम्पूर्ण दर्शक एवं शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् । २ वर्षअघिदेखि बेलायतमा बस्दै आएका उनी सेक्युरिटी सम्बन्धी काम गर्ने संस्थामा कार्यरत थिए ।

हाल कार्की पत्नी, एक छोरा र एक छोरीसँगै बेलायतमा छन् ।

आफूमा क्रमिक सुधार हुँदै गएको भन्दै उनले भनेका छन्, ‘सबैको मायाले म ठिक हुने क्रममा छु । अस्पतालले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधार भएको छ । लण्डनमा आफूलाई सहयोग गर्ने , घर सम्म नै औषधि र खाद्यान्न ल्याइदिने सबै सहयोगीप्रति धन्यवाद् छ ।

लकडाउनमा भारतबाट नेपाल भित्रिएका थिए थपिएका १० जना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?