दुर्लभ दुईमुखे सर्प फेला (भिडियोसहित)

काठमाडौं । छिमेकी देश भारतको एउटा जंगलमा अत्यन्तै दुर्लभ दुईमुखे सर्प फेला परेको छ ।

वुल्फ स्नेक नामले चिन्ने उक्त सर्प केही दिन अगाडि मात्र जन्मेको बताइएको छ ।

अन्य सर्पझै विषालु नहुने उक्त सर्पलाई दुईमुख भएको कारण घस्रिन गाह्रो हुने गरेको विज्ञहरु बताउँछन् ।

उडिसाको कीओनझार वन्यजन्तु आरक्षमा यो सर्प राकेश मोहालिक नामका व्यक्तिले भेटेका थिए ।

सर्पको परीक्षण गरेका विज्ञहरूले यो १४ सेन्टिमिटर लामो रहेको र उसका दुवै टाउको पूर्ण विकसित रहेको बताए । उसका चारवटा आँखा र दुईवटा जिब्रो छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?