लकडाउनमा भयो अनौठो विवाह !

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिनबाट राक्नका लागि विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् ।

नेपालमा पनि आज लकडाउन भएको ४८ औँ दिन हो । छिमेकी देश भारतमा पनि तेश्रो चरणको लकडाउन जारी छ । यसबीचमा कति ले विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु पछि सारेका छन् भने कतिले सोसल डिस्टेन्सिङको पूर्ण पालना गर्दै विवाह गरेका छन् ।

तिनै विवाह मध्येको केहि विवाह भने भाइरल बनिरहेका छन् । त्यस्तै एउटा विवाह भारतको जहानगञ्जस्थित कोरीखेडामा पनि भएको छ ।

त्यहाँ बस्ने पंकज कुमारका पुत्र रणवीरको र मउदारावाजाको झौनि नगला गाउँमा बस्ने युवतीसँग महिना दिन अगाडि नै विवाहको मिति तय भएको थियो ।

दुलहीका पिता सर्र्वेेश शाक्यले उनीहरुबीचमा सोसल डिस्टेन्सिङको पालना गर्दै विवाह सम्पन्न भएको बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरुले लौरोबाट एकअर्कालाई माला लगाईदिएका थिए । उनीहरुको यो फोटो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?