गोरिल्ला र बच्चीको अनौठो दोस्ती !

काठमाडौं । सोसल मिडियामा एक बच्ची र गोरिल्लाको फोटो भाइरल बनिरहेको छ । यो फोटो हेरेपछि सबै हैरान हुन्छन् ।

टेन्सी नामकी एक बच्ची सानै बेलादेखि गोरिल्ला हेर्दै हुर्किइन् । किनभने उनका पिताको एक एक चिडियाघर थियो । जहाँ दुई गोरिल्ला थिए ।

उक्त जूको नाम थियो हाउलेट्स । ति दुबै गोरिल्ला उनीसँग खेल्दथे । त्यसपछि एस्पिनल फाउण्डेशनले गोरिल्लालाई नेचुरल ह्याबिटेट वेस्टर्नमा छोड्न आदेश दियो ।

त्यसबेला देखी उनी आफ्नो साथी गोरिल्लासँग छुट्टिएकी थिइन् । एक दिन उनी र उनको बुवा १२ वर्ष पछि गोरिल्लासँग भेट्नका लागि अफ्रिका पुगे ।

उनीहरु त्यहाँ गएर नदी किनारमा उनीहरुलाई बोलाउन थाले । तर धेरै समयसम्म उनीहरु पाइएनन् । उनीहरु आश मारेर हिँड्न के लागेका थिए, अचानक एक गोरिल्ला त्यहाँ आयो । उनीहरुलाई गोरिल्लाले चिन्यो पनि टेन्सीलाई सुँघ्यो र उनीसँग खेल्न थाल्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?