जब चालकले बाटोमा हिडिरहेको सर्प चपाएर टुक्रा-टुक्रा बनाए… (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् ।
जसका कारण लकडाउनमा मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । यस बेला घरमा बस्दा बस्दा सबै वाक्क दिक्क भएका छन् । भारतमा पनि यस्तै अवस्था छ ।

यसै बीच भारतको कर्नाटकस्थित कोलार जिल्लामा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

कोलार गाउँको मिस्तोरी गाउँमा बस्ने एक व्यक्तिले मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा सर्प नै टोकेर टुक्रा-टुक्रा बनाईदिएका छन् ।

सोसल मिडियामा भिडियो तथा फोटो अहिले भाइरल भईरहेको छ । मादक पदार्थ खाएर हिँडेका ति व्यक्ति मातेको अवस्थामा बाइक चलाएर हिँडिरहेका थिए ।

त्यसैबेला बाटोमा एउटा सर्प आयो । उक्त सर्प बाटोबाट नहटेपछि रिसाएका ति व्यक्तिले बाइक रोक्न परेको रिसमा सर्पलाई नै टोकेर टुक्रा टुक्रा बनाईदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?