बैशाखको अन्तिम साता नेपालबाट धुमकेतु देखिने

काठमाडौं । वैशाखको अन्तिम साता नेपालबाट एउटा धूमकेतु देखिने भएको छ । सो धूमकेतुको नाम २०२० स्वान धूमकेतु राखिएको छ ।

यो धूमकेतु हाम्रो नाङ्गो आखाले पनि देख्न सकिन्छ । यो धूमकेतुलाई नेपालबाट हेर्ने हो भने जो कोहिले पनि विहानको समयमा पूर्वी आकाशमा मीन राशिमा देख्न सक्दछ ।

यो पुच्छ्रेतारा यहि वैशाख ३० गते पृथ्वीबाट सवैभन्दा नजिक हुनेछ । यसलाइ हेर्न अलि कठीन किन छ भने यो पूर्वी क्षितिजभन्दा केहि माथिमात्र देख्न सकिन्छ ।

गत चैतमा पत्ता लागेको यो पुच्छ्रेताराको चमकपन ३.५ दिइएको छ भने क्षितिजबाट यो धूमकेतु १५–२० डिग्री माथि सूर्योदयहुनु भन्दा केहि समय अगाडिमात्र देखिने भएकाले यसलाइ हेर्न अलि गारो हुनपनि सक्छ । सानो खालको वाइनाकुलर तथा टेलिस्कोपको सहायताले भने यसलाइ अझ स्पष्टरुपमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?