५ वर्षे बालकले राजमार्गमा गाडी चलाएर निस्केपछि डराए पुलिस…

काठमाडौं । अमेरिकाको यूटा राज्यमा पाँच वर्षीय बालकले गाडी चलाएका छन् ।

जसका काराण उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । राजमार्गको हाइवेमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेपछि प्रहरीले गाडी रोक्ने क्रममा ५ वर्षीय बालकले गाडी चलाएको पत्ता लागेको थियो ।

चालक बालकले प्रहरीको निर्देशन अनुसार गाडी पनि रोके । तर, चालकको सिटमा एउटा बालकलाई देख्दा प्रहरीहरू नै तीन छक्क परे।

एड्रीअन नाम गरेका ति चालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेको प्रहरीले ट्विटरमा लेखेको छ ।

एड्रीअनले खल्तीमा तीन डलर मात्र बोकेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?