लकडाउनमा समुन्द्रको किनारमा अण्डा पार्न आए लाखौँ कछुवा (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व त्रस्त बनेको छ । कोरोना फैलिन नदिनका लागि विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् ।

यस बीचमा मानिसहरु घरमा थुनिएका छन् तर जीवजनावरहरु भने चैनको श्वास फेरीरहेका छन् । मानिसहरु लकडाउनमा घरमै भएको कारण वातावरण प्रदूषण कम भएको छ ।

साथै जंगली जनावरहरु पनि निडर बनेर घुम्न पाएका छन् । यसैबीच भारतमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

जसलाई देखेपछि कोहि पनि मानिस हैरान बन्छन् । यो भिडियो भारतको ओडिशास्थित समुन्द्र तटको हो । भिडियोमा तटमा लाखौँ कछुवा देख्न सकिन्छ ।

त्यहाँ कछुवा अण्डा पाार्नको लागि आएका हुन् । त्यहाँ ७ लाख ९० हजार भन्दा धेरै कछुवाले ६ करोड भन्दा धेरै अण्डा दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?