बाँदरले बैंक लुट्न थालेपछि भयो हंगामा… (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो सार्वजनिक भईरहेका हुन्छन् । त्यस्तै एउटा भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो एक बाँदरको हो । भिडियोमा बाँदर एटीएममा छिरेर तोडफोड गर्न थाल्छ ।

रिपोर्टका अनुसार उक्त घटना मेको विहानको हो । एक व्यक्ति दिल्लीको एभेन्यु ईलाकाको स्टेट बैंक अफ इण्डियाको एटीएममा पैसा निकाल्न पुगेका थिए ।

त्यहाँ जाँदा उनले एटीएमको बाहिरी भाग फुटेको देखे । त्यसपछि उक्त व्यक्तिले तत्काल पुलिसलाई फोन गरे र त्यसबारेमा सूचना दिए ।

पुलिसले जब सिसिटिभीको फोटो हेर्यो तब सबै हैरान भए । किनभने एटीएमको तोडफोड मानिस नभएर बाँदरले गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?