छोराले खाल्डोमा गाडेको तीन दिन पछि आमा निस्किएपछि…

काठमाडौं । कहिले काँहि सुनिने यस्ता घटना हामीलाई पत्याउनै गाह्रो पर्दछ । यस्ता घटनाहरु हामीले सायदै सुन्ने गरेका छौँ । उत्तरी चीनको यो घटना साँच्चिकै सबैलाई अचम्मित बनाउने खालको रहेको छ ।

त्यहाँ एक छोराले आमालाई मार्ने प्रयाशमा एक खाल्डोमा पुरेर हिँडेका थिए । आमा हराएपछि घरका सबैले यताउती खोज्न थाले तर आमा कतै नपाएकोले गर्दा आमा हराएको कुरा उनीहरुले प्रहरी कार्यलयमा दर्ता गराए ।

घटना दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आमालाई उनकै छोराले तीन दिन पहिला एक प्रकारको ह्विल चियरमा राखेर अस्पताल लाने भन्दै लिएर गएको र घाईते बनाएर खाल्डोमा गाडेको पत्ता लाग्यो ।

तीन दिन पछि खाल्डोबाट आमा निस्किएपछि सबै अचम्ममा परेका थिए ।

शाँक्सी प्रान्तको जिंगबियन काउन्टीमा नजरबन्द गरेर आमालाई राखेको र त्यति मात्रै नभएपछि बेहोस बनाएर खाल्डोमा गाडेको कुरा प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

सरकारी मिडियाले एक रिपोर्टमा बताए अनुसार महिलालाई छोराले बेहोस बनाएर खाल्डोमा गाडेको बताइएको छ ।

जिंगबियन काउन्टी अभियोजक कार्यालयका एक अधिकारीले फोनमा उक्त घटनाको बारेमा अनुसन्धान चलिरहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?