लकडाउनमा ड्रोनबाट साथीलाई वियर (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विश्वका अधिकांश देश अहिले लकडाउन भएका छन् । जसका कारण कोहिले पनि कसैलाई भेट्न पाएका छैनन् । जो जहाँ छ त्यहि कैद भएका छन् ।

यसैबीच अष्ट्रेलियाको एडिलेडको एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल भईरहेको छ । जोई मिगनोन नामका ति व्इक्ति लकडाउनका कारण साथीकोमा जान पाएका थिएनन् ।

जसका कारण उनी आफ्ना साथीहरुलाई मिस गरिरहेका थिए । उनले साथीहरुको न्यास्रो लागेपछि लकडाउनको बेला ड्रोनबाट वियर पठाएका छन् ।

भिडियोमा उनले दुई गिलासमा वियर भर्छन् र ड्रोनमा राखेर साथीलाई पठाउँछन् । उता साथी तलबाट वियर ड्रोनले ल्याईरहेको दृश्य हेरिरहेका हुन्छन् । यो भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?