अनलाइनबाट चम्कियो भाग्य, रातारात बने करोडपति

काठमाडौं । भाग्य कसको कुन बेला चम्किन्छ कसैलाई थाहा हुँदैन । एक तर्फ अहिलेको अवस्थामा कोरोना भाइरसको महामारीका कारण आर्थिक संकट छाईरहेको छ भने अर्काै तर्फ एक युवक रातारात करोडपति बनेका छन् ।

युएईमा अहिले एक युवक अनलाईनबाट चिट्ठा जितेपछि रातारात करोडपति बनेका छन् । गल्फ न्युजको रिपोर्टका अनुसार दिलीप कुमार नाम गरेका युवकले १४ अप्रिलमा अनलाईन चिट्ठाको टिकट काटेका थिए ।

जसबाट उनले एकैपटक २० लाख डलर जितेका छन् । उनले मिडियासँग कुराकानीका क्रममा ७ लाख ऋण भएको र त्यो ऋण उक्त पैसाबाट तिर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?