लकडाउनले ससुरालमा बास, घरमा लाखौँको चोरी !

काठमाडौं । कोरोना भाइरस सारा विश्वका लागि महामारी बनेको छ । जसका कारण प्रकोप फैलिनबाट बच्नका लागि विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् ।

यस बेला जो जहाँ छ त्यहि नै बस्नु पर्ने बाध्यता छ । तर यहि बाध्यता सबैको लागि समस्या बनेको छ । यसैबीच भारतको राजधानी दिल्लीको लाजपत नगरमा बस्ने एक युवक लकडाउन भन्दा केहि दिन अगाडि ससुराली गएका थिए । अचानक भएको लकडाउनले उनी त्यहि बस्नुपर्ने बाध्यता भयो ।

उनी ससुरालमै बसिरहेको बेला एक दिन छिमेकीले फोन गरेर उनको घर चोरी भएको बताए । एक महिना अगाडि देखि ससुरालमा फसेको कारण उनी घर जान पाएका थिएनन् । तर घर चोरी भएको खबर आएपछि उनी बल्लतल्ल पास मिलाएर घर पुगे ।

जब उनी घर पुगेर हेरे तब उनको घरबाट लाखौँको सामान चोरी भएको उनले थाहा पाए । पुलिसका अनुसार अनिल सिंगला नाम गरेका ति व्यक्ति लकडाउनका कारण ससुरालमै बस्न बाध्य भएका थिए ।

त्यहि मौका छोपेर उनको घरबाट चोरहरुले लाखौँ रुपैयाँ, सुनको औँठी, सिक्रीहरु पनि चोरी भएको प्रहरीले बताएको छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

के सूर्यको प्रकाशले कम हुन्छ कोरोनाको खतरा ?

अचानक गायब भईन् चीनकी ‘ब्याट वुम्यान’, कोरोनाबारे थाहा थियो सबै जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?