शावरमा झैँ नुहाउँदै हात्तीको सानो बच्चा, भिडियो भाइरल

काठमाडौं । हात्तीको सानो बच्चाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक हात्तीको सानो बच्चा सडकमा पानी अहालिरहेको ठाउँमा आएर यता उती लड्दै नुहाएको रमाईलो दृश्य देख्न सकिन्छ ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक व्यक्ति सडकमा पानी हाली रहेका हुन्छन् ।

त्यति नै बेला सानो हात्तीको बच्चा त्यहाँ आईपुग्छ र पानीको फोहरामा मस्त यताउती लड्दै रपल्टिँदै नुहाउन थाल्छ । यो भाइरल भिडियो अहिले मानिसहरुले अत्याधिक मन पराएका छन् ।

शावरमा मानिसले नुहाएजस्तै गरेर सडकमा हात्तीको बच्चा नुहाईरहेको दृश्य एकदमै रमाइलो छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?