यी युवतीले कमाउँछिन् १ घण्टाकै १२ लाख…

काठमाडौं । समय समयमा रमाईला तर अपत्यारिला खबरहरु सार्वजनिक भई नै रहन्छन् । यस्तै एउटा अपत्यारिलो घटना अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको पनि रहेको छ ।

उनले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै काम अफिसमा गएर गर्दिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

सुन्दा अचम्म लाग्छ नै, तर यो घटना सत्य हो । चेल्सी नामकी ति महिला पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।

सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।

लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६.६ लाख फलोअर छन् ।

उनलाई पार्टी गर्ने ठूलो सौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?